क्वाइनोनिया मण्डली परिषदको १३ औं साधारण सभा सम्पन्न
ललितपुर, भदौ १२, २०८२ — क्वाइनोनिया मण्डली परिषदको १३ औं साधारण सभा भदौ १२ गते क्वाइनोनिया पाटन चर्च, कुमारिपाटी, ललितपुरमा सम्पन्न भयो। सभामा परिषदका वरिष्ठ पास्टरज्यूहरू, सल्लाहकारज्यूहरू, विभागीय संयोजकज्यूहरू तथा प्रदेश प्रतिनिधिज्यूहरूको विशेष उपस्थितिमा तय गरिएको कार्यसूची अनुसार छलफल र प्रस्तुतिहरू भएको थियो।

कार्यक्रमको प्रारम्भ पास्टर राज गोपाल रानाज्यूले प्रार्थनाद्वारा सुरु गर्नुभएको थियो। त्यसपछि वरिष्ठ पास्टर डा. मंगलमान महर्जनज्यूले “क्वाइनोनियाको दर्शन २०२५–२०३३ लक्ष्य र हाम्रो जिम्मेवारी” विषयमा वचन दिनुभएको थियो।
त्यसै अवसरमा, १३ औं साधारण सभाकै क्रममा वरिष्ठ पास्टर डा. मंगलमान महर्जनज्यूले क्वाइनोनिया मण्डली परिषदको आधिकारिक वेबसाइट www.koinoniachurches.org को पनि उद्घाटन गर्नुभएको थियो।
वरिष्ठ सल्लाहकार तथा मिसन प्रमुख पास्टर प्रकाश सुब्बाज्यूले मण्डलीको स्थापना, प्राप्त उपलब्धि तथा भविष्यको योजनाबारे प्रस्तुति दिनुभएको थियो। सोही क्रममा क्लीनका प्रिन्सीपल निरज थापाज्यूले संस्थाको वर्तमान अवस्था र भविष्यको कार्यदिशाबारे जानकारी दिनुभएको थियो।
चर्चस्कूल विभाग संयोजक पास्टर शेरबहादुर ए.सी.ज्यूले चर्चस्कूलको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने जवान संगती विभाग संयोजक डि. दिपक मग्रातीज्यूले युवामाझ देखिएका चुनौती र अवसरबारे सम्बोधन गर्नुभएको थियो। दिदीबहिनी विभाग संयोजक पास्टर श्याम मग्रातीज्यूले दिदीबहिनी संगतीबारे प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष पास्टर ईश्वर के.सी.ज्यूले दाजुभाई संगतीका उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।
प्रार्थना विभाग संयोजक पास्टर नविन खड्गीज्यूले प्रार्थना संगतीको आगामी बाटोबारे सम्बोधन गर्नुभएको थियो। पा.ए.डी विभाग संयोजक पास्टर नेत्र वि.क.ज्यूले पनि विभागीय कार्यगत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रदेशगत प्रतिवेदन प्रस्तुतिका क्रममा—
- प्रदेश १ प्रतिवेदन संयोजक ए. रमेश तामाङज्यूले,
- प्रदेश ३ (चितवन, मकवानपुर क्षेत्र) प्रतिवेदन सह–संयोजक पास्टर राजकुमार घिमिरेज्यूले,
- प्रदेश ३ (सिन्धुपाल्चोक, काभ्रे, दोलखा) प्रतिवेदन सह–संयोजक पास्टर पदम घोरसाइनेज्यूले,
- र प्रदेश ३ (काठमाडौं उपत्यका) प्रतिवेदन संयोजक पास्टर ईश्वर के.सी.ज्यूले प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी, पास्टर सुदास शर्माज्यूले आ.व. २०८१/८२ को कार्यक्रम प्रतिवेदन तथा २०८२/८३ का लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष डि. लक्ष्मीलाल थापाज्यूले आर्थिक प्रतिवेदन र आगामी वर्षको बजेट प्रस्ताव पेस गर्नुभएको थियो। साथै, पास्टर सुदास शर्माज्यूले क्वाइनोनिया आर्थिक तथा मानव संसाधन नियमावलीबारे जानकारी दिनुभएको थियो।
सभाको अन्त्यमा परिषद अध्यक्ष पास्टर लक्ष्मीलाल महर्जनज्यूले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। अन्तिम प्रार्थना वरिष्ठ पास्टर डा. मंगलमान महर्जनज्यूले गर्नुभएको थियो।
