Skip to main content

अन्तर क्वाइनोनिया फुटसल टुर्नामेन्ट २०२५ औपचारिक रूपमा सुरु

August 19, 2025
अन्तर क्वाइनोनिया फुटसल टुर्नामेन्ट २०२५ औपचारिक रूपमा सुरु

काठमाडौं, बैशाख १३ – क्वाइनोनिया कम्बाइन्ड यूथको (Koinonia Combined Youth) आयोजनामा अन्तर क्वाइनोनिया फुटसल टुर्नामेन्ट २०२५ शुक्रबार स्युचातरस्थित सिद्धार्थ फुटसलमा औपचारिक रूपमा सुरु भएको थियो।

प्रतियोगितामा नौवटा चर्चको सहभागिता रहेको आयोजक समितिले जानकारी दिएको थियो। सहभागी टिमहरूलाई समूह ‘ए’ र समूह ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको थियो।

समूह ‘ए’ मा सितापाइला, भीमढुङ्गा, सातुंगल (नाइकाप), कोटेश्वर र बूढानीलकण्ठ रहेका थिए भने समूह ‘बी’ मा फर्पिङ, बुंगमती, बालाजु र पाटन रहेका थिए।

यस टुर्नामेन्ट अन्तर्गत तीन फरक–फरक प्रतियोगिता समावेश गरिएको थियो। तीमध्ये युवा पुरुष प्रतियोगिता,महिला प्रतियोगिता र नेतृत्व प्रतियोगिता मुख्य आकर्षण थिए।

आयोजकका अनुसार, प्रतियोगिताको उद्देश्य युवा तथा समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुद मार्फत नेतृत्व क्षमता, महिला सहभागिता र सामुदायिक एकतालाई प्रवर्द्धन गर्नु रहेको थियो।

Other News