क्वाइनोनिया कान्तिपुर मण्डलीमा उत्तर भेगीय दाजुभाई संगती सम्पन्न
August 31, 2025
Category:
Youth Category
भाद्र १४ गते, काठमाडौ – क्वाइनोनिया कान्तिपुर मण्डलीमा अन्तर क्वइनोनिया उत्तर भेगीय दाजुभाई संगती भव्य रुपले सम्पन्न भएको छ। संगतीको अवसर पारेर आयोजना गरिएको विशेष सेमिनारमा क्वाइनोनिया पाटन मण्डलीका आदरणीय पास्टर किशोर महर्जनज्यूले पारिवारीक चेलापनमा पीताको भूमिकाको विषयमा सिकाउनुभएको थियो ।
कार्यक्रममा काठमाडौंको उत्तरी भेगमा रहेका १० वटा क्वाइनोनिया मण्डलीका ७० जना भन्दा वढी दाजुभाइहरुको सहभागीता रहेको उक्त संगती धेरै आशिषमय भएको जनाइएको छ।
