Skip to main content

अन्तर क्वाइनोनिया दिदीबहिनी रिट्रिट संगती सम्पन्न

August 26, 2025
अन्तर क्वाइनोनिया दिदीबहिनी रिट्रिट संगती सम्पन्न

ललितपुर, २०८२ भाद्र ९ गते सोमबार — क्वाइनोनिया पाटन मण्डलीको आयोजनामा “उपत्यकाव्यापी अन्तर क्वाइनोनिया दिदीबहिनी रिट्रिट संगती” उल्लासपूर्ण वातावरणमा मण्डलीको दुबै सेवा हल भरिपूर्ण सहभागीता सहित सम्पन्न भएको थियो।

श्रीमती रमिला ढकालज्यूको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रारम्भिक प्रार्थना श्रीमती सुशिला बानियाँज्यूले गर्नुभएको थियो। गुरुआमा रीना महर्जनज्यूले स्तुति–प्रशंसाको अगुवाइ गर्नुभएको थियो  । स्वागत मन्तव्य श्रीमती दीपा महर्जनले दिनुभए लगत्तै दिदीबहिनी कमिटीले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो।

गुरुआमा मरियम महर्जनज्यूले मर्कूस १४:३–९ बाट सु–सन्देश बाड्नु भएको थियो। यसै क्रममा सम्पूर्ण क्वाइनोनिया मण्डलीका गुरुआमाहरू तथा दिदीबहिनी कमिटीले विशेष प्रस्तुति अन्तर्गत मिसन र दर्शन सम्बन्धी गीत प्रस्तुत गर्नुभएको थियो। अन्तरबिन्ती प्रार्थनाको अगुवाइ श्रीमती नीलु महर्जनले गर्नुभएको थियो । अन्तर क्वाइनोनिया दिदीबहिनी सङ्गतिको उद्देश्यबारे गुरुआमा शान्ति सुब्बाज्यूले प्रस्तुति दिनुभएको थियो।

प्रतिभा प्रदर्शनतर्फ नेवारी गीत (श्रीमती कयो महर्जन तथा टोली), कविता (श्रीमती अमिता महर्जन), आशिष बाँड्ने (श्रीमती सानू थापा), नृत्य १ (श्रीमती कोपिला), नृत्य २ (श्रीमती राममाया महर्जन र श्रीमती सुनिता महर्जन समूह सहित) तथा गीत (श्रीमती राधिका दराई) ले प्रस्तुति दिनुभएको थियो।

पाटन चर्च दिदीबहिनी सङ्गतिका अध्यक्ष श्रीमती जमुना महर्जनज्यूले सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । यात्रा र भोजनका लागि अन्तिम प्रार्थना गुरुआमा मरियम महर्जनज्यूले गर्नुभएको थियो।

भोजन पश्चात् सेवक फिल्म प्रा. लि.ले इसाई चलचित्र “छुट्कारा” प्रदर्शन गरेको थियो।

 

Other News