क्वाइनोनिया संयुक्त जवान संगतिद्वारा अर्धवार्षिक संयुक्त जवान संगति सम्पन्न
August 31, 2025
ललितपुर, भदौ १४, २०८२ — क्वाइनोनिया संयुक्त जवान संगतिद्वारा आयोजित अर्धवार्षिक संयुक्त जवान संगति शनिबार क्वाइनोनिया पाटन मण्डलीमा सम्पन्न भएको थियो। कार्यक्रममा उपत्यकाभित्रका विभिन्न क्वाइनोनिया मण्डलीहरूबाट आएका जवानहरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा उत्तर र भेग दक्षिण भेगका जवानहरूले नृत्य प्रस्तुत गर्नुभएको थियो।
संगतिमा श्री सुमन डंगोलज्यूले भजनसंग्रह ११९:१०५–११२ बाट वचन बाँड्नु भएको थियो।
संगतिमा +१२ उत्तीर्ण जवानहरूलाई “Token of Love” प्रदान गरी उच्च शिक्षा र भविष्यको लागि विशेष प्रार्थना गरिएको थियो।
कार्यक्रमको अन्त्यमा क्वाइनोनिया संयुक्त जवान संगतिका अध्यक्ष श्री उज्ज्वल महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
संगतिको अन्तिम र आशिर्वादको प्रार्थना पास्टर लक्ष्मीलाल महर्जनज्यूले गर्नुभएको थियो।